१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सान्चेज स्थायी रूपमा इन्टरमा

एजेन्सी

मिलान — इन्टर मिलानले स्थायी रूपमा म्यानचेस्टर युनाइटेड फरवार्ड एलेक्स सान्चेजलाई बिहीबार अनुबन्धन गरेको छ । अनुबन्धन तीन वर्षका लागि रहेको छ । सन् २०१९ को अगस्टमा चिलीका अन्तर्राष्ट्रिय खेलाडी ऋणमा सिरी ए क्लबमा आएका हुन् । 

सान्चेज स्थायी रूपमा इन्टरमा

इन्टर आएयता उनले २९ खेलमा चार गोल गरेका छन् । यसअघि म्यानचेस्टरका व्यवस्थापक ओल गन सोल्सारले भनेको थिए, ‘सान्चेज इन्टर जाने निश्चित भएको छ । उनी पूर्णत: व्यवसायिक खेलाडी हुन्, हाम्रो शुभकामना छ ।’

सन् २०१८ मा सान्चेज आर्सनलबाट म्यानचेस्टर आएका थिए र उनले ४५ खेलमा पाँच गोल गरे । उनका लागि म्यानचेस्टरको बसाइ सुखद रहेन् । त्यहाँ प्रतिसाता चार लाख पाउन्ड पारिश्रमिक पनि समस्याको कारण बनेको थियो ।

एक वर्षभित्र म्यानचेस्टरबाट इन्टर जाने उनी तेस्रो खेलाडी हुन् ।यसअघि रोमेलु लुकाकु र एस्ली योङले पनि प्रिमियर लिगबाट सिरी ए को यात्रा गरेका थिए ।

प्रकाशित : श्रावण २२, २०७७ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?