कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

म्यानचेस्टर युनाइटेड र इन्टर मिलान युरोपा लिगको अन्तिम आठमा

एजेन्सी

लन्डन — म्यानचेस्टर युनाइटेडले लास्कलाई २–१ र इन्टर मिलानले गेटाफेलाई २–० ले हराएर बुधबार युरोपा लिगको अन्तिम आठमा प्रवेश गरेका छन् । कोरोना भाइरस संक्रमण महामारीका कारण रोकिएका यी खेल फेरि सुरु भएका हुन् ।

म्यानचेस्टर युनाइटेड र इन्टर मिलान युरोपा लिगको अन्तिम आठमा

म्यानचेस्टर मार्चमा भएको पहिलो लेगमा ५–० ले अगाडि थियो । अब उसले कोपेनहेगनको सामना गर्नेछ । कोपेनहेगनले अर्को खेलमा इस्टानबुललाई ३–० ले पराजित गर्‍यो ।

एन्टोनियो कोन्टेको इन्टर मिलानले भने रेन्जर्स अथवा बायर लेभरकुसनको सामना गर्नेछ । इन्टरको जितमा रोमेलु लुकाकु र क्रिस्टियन एरिक्सनले गोल गरे ।

म्यानचेस्टरले भने आफ्नो घरमा भएको खेलमा पहिलो गोल खाएको थियो । लास्कका लागि फिलिप्स वेसिन्गरले गोल गरे । त्यसयता जेसी लिन्गार्ड र एन्थोनी मार्सिएलले गोल फर्काए ।

प्रकाशित : श्रावण २२, २०७७ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?