आयरल्यान्डले जित्यो इङ्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय

एजेन्सी

साउथह्याम्पटन — आयरल्यान्डले तेस्रो तथा अन्तिम एकदिवसीयमा मंगलबार इङ्ल्यान्डमाथि सात विकेटको सनसनीपूर्ण जित निकालेको छ । जितका लागि ३ सय २९ रनको लक्ष्य पाएको आयरल्यान्डले ४९.५ ओभरमा तीन विकेट गुमाएर आवश्यक रन बनाएको हो । 

आयरल्यान्डले जित्यो इङ्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय

आयरल्यान्डका लागि पउल स्टर्लिङले १ सय ४२ र कप्तान एन्ड्रयु बालबिरनीले १ सय १३ रन बनाए । यो नै आयरल्यान्डको जितको आधार बन्यो । उनीहरूले दोस्रो विकेटका लागि २ सय १४ रनको साझेदारी गरे ।

यसअघि इङ्ल्यान्ड ४९.५ ओभरमा अलआउट भएको थियो । टोलीका लागि इओन मोर्गनले १ सय ६ रन बनाएका थिए । यो नतिजापछि तीन एकदिवसीयको शृंखला इङ्ल्यान्डको पक्षमा २–१ ले टुंगेको छ ।

प्रकाशित : श्रावण २१, २०७७ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?