नाडालले यूएस ओपन नखेल्ने

एजेन्सी

न्युयोर्क — डिफेन्डिङ च्याम्पियन राफेल नाडालले अर्को महिना सुरु हुने यूएस ओपन नखेल्ने मंगलबार घोषणा गरेका छन् । कोरोना महामारीलाई कारण देखाउँदै  यी स्पेनी खेलाडीले प्रतियोगिता नखेल्ने बताएका हुन् ।

नाडालले यूएस ओपन नखेल्ने

अगस्ट १३ बाट न्युयोर्कमा यो वर्षको यूएस ओपन सुरु हुनेछ । आफूले गत वर्ष जितेको उपाधिरक्षा नगर्ने घोषणा गर्दै ३४ वर्षीय नाडालले भनेका छन्, ‘अहिले पूरा विश्वमा स्वास्थ्यस्थिति ठिक छैन, त्यसैले यूएस ओपन नखेल्नु नै ठिक हुनेछ ।’

सर्बियाका नोभाक जोकोभिच र अमेरिकाका सेरेना विलियम्सले भने प्रतियोगिता खेल्ने बताइसकेका छन् । प्रतियोगिता दर्शकविनै हुनेछ । चोटग्रस्त घुँडाको शल्यक्रिया गराएका रोजर फेडेरर पनि यसपल्ट प्रतियोगितामा अनुपस्थित रहनेछन् ।

प्रकाशित : श्रावण २१, २०७७ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?