ब्रेन्टफोर्डलाई हराएर फुलहम प्रिमियर लिगमा

एजेन्सी

लन्डन — फुलहमले मंगलबार च्याम्पियनसिप प्ले अफ फाइनलमा ब्रेन्टफोर्डलाई २–१ ले हरायो र इंग्लिस प्रिमियर लिगमा उक्लन सफल रह्यो । गत सिजन प्रिमियर लिगको रेलिगेसनमा परेको फुलहमले इंग्लिस दोस्रो डिभिजनमा एकै वर्ष मात्र बितायो ।

ब्रेन्टफोर्डलाई हराएर फुलहम प्रिमियर लिगमा

वेम्बलीमा भएको फाइनलमा निर्धारित ९० मिनेटको गोलरहित बराबरीमा रहेपछि फुलहमका लागि डिफेन्डर जोए ब्रायनले दुई गोल गरे । हेनरिक डाल्सगार्डले अन्त्यमा एक सान्त्वना गोल फर्काए । ब्रायनले १ सय ५ औं मिनेटमा पहिलो गोल गरे ।

उनले अतिरिक्त समय सकिन तीन मिनेट अगाडि आफ्नो दोस्रो गोल थपे । डाल्सगार्डको गोल भने १ सय २४ औं मिनेटमा सम्भव भएको थियो । ब्रेन्टफोर्ड च्याम्पियनसिप प्ले अफमा पराजित भएको यो चौथो पल्ट हो ।

प्रकाशित : श्रावण २१, २०७७ ०६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?