जानाजान हाछ्युँ गरे फुटबल खेलाडीलाई रेड कार्ड !

एजेन्सी

लन्डन — अब फुटबलमा खेलाडीले जानाजान विपक्षी र रेफ्रीसामु जानाजान हाछ्युँ गरे भने  रेर्ड कार्ड दिइने भएको छ । फुटबलमा नियम बनाउन अन्तर्राष्ट्रिय संस्था आईएफएबीका अनुसार यस्तो जानाजान हाछ्युँलाई अश्लील, आक्रामक र गलत शब्द प्रयोग गरे जस्तै दण्डनीय मानिनेछ ।

जानाजान हाछ्युँ गरे फुटबल खेलाडीलाई रेड कार्ड !

आईएफएले खेलाडीले जानाजान हाछ्युँ गरेको हो अथवा प्राकृतिक रूपमा यस्तो गरेको हो, यसबारे निर्णय गर्ने पूरा अधिकार रेफ्रीलाई दिएको छ र यसक्रममा रेफ्रीलाई ठीक निर्णयका लागि सक्दो प्रयास गर्न पनि भनिएको छ ।

कोरोना भाइरस संक्रमणको महामारीपछि विश्व फुटबलमा आएको यो अर्को परिवर्तन रहेको छ । यो नियमलाई लागू गर्न सबै देशका फुटबल संघलाई पनि भनिएको छ ।

प्रकाशित : श्रावण २०, २०७७ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?