कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फुटबलको सबैभन्दा महँगो खेल आज

एजेन्सी

लन्डन — एक खेल जितेमा २० करोड अमेरिकी डलरभन्दा बढी भित्रिने । हारमा शून्य रकम र उल्टै घोर निराशा । विश्व फुटबलको सबैभन्दा महँगो खेल आज मंगलबार हुँदैछ । इंग्लिस प्रिमियर लिगमा बढुवाका लागि यो खेल हुनेछ, च्याम्पिपयनसिप प्ले अफका रूपमा ।

फुटबलको सबैभन्दा महँगो खेल आज

वेम्बलीमा हुने खेलमा दुई लन्डन क्लब ब्रेन्टफोर्ड र फुलहम भिड्ने छन् । इंग्ल्यान्डको दोस्रो डिभिजनबाट अहिलेसम्म लिड्स र वेस्ट ब्रुमले बढुवा पाइसकेकोमा माथि उक्लिने तेस्रो तथा अन्तिम टिमको निर्णय यो खेलबाट हुनेछ ।

यो खेल जित्नेले प्रिमियर लिगमा टेलिभिजन प्रसारण र प्रायोजनबाट भित्रिने २० करोड डलरभन्दा बढी पाउनेछ । पराजित हुने टिमले भने केही पनि पाउने छैन र फेरि दोस्रो डिभिजनमै खेल्नु पर्नेछ ।

ब्रेन्टफोर्ड च्याम्पियनसिप लिगको समाप्तिमा तेस्रोमा रहेको थियो भने फुलहम चौथो । ब्रेन्टफोर्ड ७३ वर्षयता पहिलोपल्ट इंग्ल्यान्डको माथिल्लो डिभिजनमा खेल्ने प्रयासमा छ ।

फुलहम भने गत सिजन मात्रै प्रिमियर लिगबाट रेलिगेसनमा परेको थियो र उसले आजको खेल जिते, फेरि सिधै माथिल्लो डिभिजनमा पुनरागमन रच्नेछ ।

खेल नेपाली समयअनुसार मंगलबार राति साढे १२ बजे सुरु हुनेछ ।

प्रकाशित : श्रावण २०, २०७७ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?