कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्सनलले जित्यो एफएकप

राेयटर्स

लन्डन — कप्तान पिएरे एमरिक अबामयाङको दुई गोलको मद्दतले आर्सनलले १० खेलाडीमा सीमित चेल्सीलाई २–१ ले पराजित गर्दै शनिबार एफएकप जितेको छ । आर्सनलले एफएकप जितेको यो कीर्तिमान १४ औं पल्ट हो ।

आर्सनलले जित्यो एफएकप

यससँगै आर्सनल अर्को सिजनको युरोपा लिगका पनि छनोट भएको छ । वेम्बलीको दर्शकबिनाकाे रंगशालामा प्राप्त यो सफलता आर्सनल व्यवस्थापकका रूपमा मिखेल आर्टेटाको पहिलो हो ।

खेल १–१ को बराबरी रहेको स्थितिमा अबामयाङले ६७ औं मिनेटमा निर्णायक गोल गरे । घरेलु लिगमा राम्रो गर्न नसकेको आर्सनल अंक तालिकाको आठौं स्थानमा रहेको थियो ।

चेल्सीले पाँचौं मिनेटमा क्रिस्टियन पुलिसिचको गोलले अग्रता लिएयता अबामयाङले २८ औ मिनेटमा पेनाल्टीबाट गोल फर्काएका थिए ।

प्रकाशित : श्रावण १८, २०७७ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?