ओलम्पियाड चेस सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली खेलाडीले अनलाइन चेस ओलम्पियाडमा राम्रो सुरुआत गरेका छन् । शुक्रबार पहिलो चरणको खेलमा तान्जानियामाथि ४–२ को जित हासिल गरेका छन् । दोस्रो चरणको खेलमा बहराइनविरुद्ध पनि त्यही जितलाई दोहोर्‍याएका छन् ।

ओलम्पियाड चेस सुरु

पहिलो खेलमा नेपालका फिडे मास्टर मनीष हमाल, सुजना लोहनी, निकेश कुसा र अनिशा न्यौपानेले जित हात पार्दै नेपाललाई ४ अंक दिलाए भने विवेक लामा र सिन्दिरा जोशी भने पराजित भए । दोस्रो चरणको खेलमा मनीषको ठाउँमा खेलेका रूपेश जैसवालले बहराइनका अल घस्रा, सुजनाले जेनब अल्फु, निकेनले मोसा हमद, अनिशाले हलेमा हम्दीलाई पराजित गरे ।

डिभिजन ४ को ‘ए’ समूहमा रहेको नेपालले तेस्रो चरणमा माल्दिभ्ससँग ३–३ को बराबरी खेलेको थियो । रूपेश, सुजना र युवराज पौडेलले जित पाए भने मनीष हमाल, शान्ति धिमाल र अनिशा न्यौपाने पराजित भएका थिए । पूर्वनेपाल च्याम्पियन शूरवीर लामाको कप्तानीमा रहेको नेपालले शनिबार केन्या, चाइनिज ताइपेई र थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : श्रावण १७, २०७७ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?