१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

शनिबार एफए कप फाइनल : चेल्सीविरुद्ध आर्सनल

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व फुटबलको सबैभन्दा पुरानो प्रतियोगिता एफएकपको फाइनल शनिबार हुँदैछ र इंग्लिस फुटबलको सबैभन्दा प्रतिष्ठित कप उपाधिका लागि दुई लन्डन क्लब भिड्दै छन्, चेल्सी र आर्सनल ।

शनिबार एफए कप फाइनल : चेल्सीविरुद्ध आर्सनल

खेल वेम्बलीमा हुनेछ र नेपाली समय अनुसार राति १०:१५ मा सुरु हुनेछ । लन्डन डर्बी सावित फाइनल हुने वेम्बलीमा कोरोना भाइरस संक्रमणबाट बच्ने आचारसंहिता अनुसार दर्शक हुने छैनन् ।

आर्सनलले सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई हराएको थियो भने चेल्सीले म्यानचेस्टर युनाइटेडको चुनौती समाप्त पारेको थियो । दुवै क्लबका व्यवस्थापक आफ्नो पहिलो सिजनमा छन् ।

त्यसैले चेल्सीका फ्रायन्क लाम्पार्ड र आर्सनलमा मिखेल आर्टेटा दुवै घरेलु सिजनको अन्त्य उपाधिसँगै गर्न चाहन्छन् । चेल्सी यस अगाडि नै इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा रहेर युरोपेली च्याम्पियन्स लिगमा छनोट भइसकेको छ ।

त्यसैले यो चेल्सीका लागि सिजन अन्त्य गर्ने सबैभन्दा राम्रो अवसर हुनेछ । आर्सनलका लागि भने यो सिजन निराशाजनक रहेको छ, त्यसैले उसले एफएकप जितेर केही राहत महसुस गर्न सक्छ ।

आर्सनलका लागि यसपल्टको सिजनको प्रदर्शन प्रिमियर लिग सुरु भएयताका २५ वर्षमा सबैभन्दा खराव रहेको छ र शीर्ष छ स्थानमा पनि रहन असफल रहेको छ ।

प्रकाशित : श्रावण १७, २०७७ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?