२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

पीएसजीले जित्यो फ्रेन्च लिगकप

एजेन्सी

पेरिस — पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शुक्रबार फ्रेन्च लिगकप जितेको छ । यसका लागि उसले फाइनलमा लियोनलाई टाइब्रेकरमा ६–५ ले हरायो । यससँगै पीएसजीले फ्रान्सेली घरेलु लिगका सबै उपाधि जितेर ट्रेबल उपलब्धि हात पारेको छ ।

पीएसजीले जित्यो फ्रेन्च लिगकप

खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा रहेपछि पेनाल्टी प्रहार आवश्यक परेको थियो । त्यसको सडन डेथमा पाब्लो साराबियाको प्रहार निर्णायक सावित भयो । त्यस अगाडि पीएसजी गोलरक्षक केयलर नेभासले बेर्टान्ड ट्राओरेको प्रहार जोगाएका थिए ।

पीएसजीले यसअघि अगाडि फ्रेन्च कप पनि जितेको थियो । यस्तै कोरोना भाइरस संक्रमण महामारीका कारण रोकिएको लिग वानको उपाधि पनि प्रदान गरिएको थियो ।

प्रकाशित : श्रावण १७, २०७७ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?