१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सिल्भाको चमक

सिल्भा छेपारो हुन्, व्यावसायिक मोडल हुन्, क्लबप्रति एक दशक निष्ठावान् । टोरे आकर्षक मन्त्र हुन्, जन्मदिनको केक हुन्, केही अविस्मरणीय क्षण र रूखो बिदाइ लिएका ।
द गार्डियन

लन्डन — दुई खेलाडीले म्यानचेस्टर सिटीलाई शृंखलाबद्ध विजेतामा रूपान्तरण गरे तर उनीहरूलाई धेरै भिन्न रूपले सम्झिने गरिन्छ । ‘पहिला सिल्भालाई अनुबन्ध गर अनि म आउँछु,’ सन् २०१० को समरमा भनेअनुसारै कथा अघि बढेको थियो, जसलाई म्यानचेस्टर सिटीका प्रमुख कार्यकारी अधिकृत ग्यारी कुकले यत्रो इतिहासकै दुई ठूला सम्झौताको प्रयासलाई त्याग्न खोजेका थिए । तर त्यहाँ समस्या थियो ।

सिल्भाको चमक

आइभरिकोस्टका याया टोरे सहमत भइसकेको अवस्थामा थिए । तर उनी सिटीले पहिला स्पेनिस खेलाडी डेविड सिल्भालाई सम्झौता गरेकामा निश्चित हुन चाहन्थे । भ्यालेन्सियाका खेलाडी सिल्भाको प्रतिक्रिया थियो, पहिला यायालाई अनुबन्ध गर अनि म आउँछु ।’ उनीहरू दुवैले क्लबमा सम्झौता गरे । त्यो कम्तीमा आइतबार साँझ इतिहास बन्यो ।

सिल्भाले इतिहाद रंगशालामा इंग्लिस फुटबलको अन्तिम खेल खेल्दै बिदाइ लिए । दर्शकबिनाको सम्मानमा उनीप्रति फरक मत राख्ने थिएनन् । सहकर्मी, प्रशिक्षकको आकर्षणमात्रै होइनन्, हप्तौं र महिनौंसम्म बिदाइको सम्मानलाई आकर्षक र फराकिलो खेलका रूपमा लिइयो । बिदाइको सम्मानको दौडधुपमा केही समानता थियो । प्रतिभा, जादू, नम्रता, पुरस्कार, खुसी । ‘मेरो खेलजीवनमा सिल्भा सिटीकै पहिलो विश्वस्तरीय खेलाडी हुन्,’ ग्यारी नेभिलले भने । जेमी कारेगरको मत रह्यो, ‘सिटीको अहिलेसम्मको उत्कृष्ट खेलाडी ।’ जहाँ भए पनि अझै बढी दाबी गरिएको पनि सुनियो– थिएरी हेनरी, क्रिस्टियानो रोनाल्डो वा एरिक क्यान्टोनाजस्तै इंग्लिस फुटबलका महान् विदेशी खेलाडी । अथवा फ्रान्क लाम्पार्ड, रायन गिग्स र स्टेभेन जेरार्डसँग प्रिमियर लिगकै महान् मिडफिल्डरको रूपमा छलफल गरियो ।

सिल्भाको अपार र अथाह प्रतिभाको बखान गर्न खोजिएको होइन, जुन मूर्खता हुन्छ । तर थुप्रै चाहनामध्येका केही छलफललाई देखाउनका लागि हो । सिटीका महान् खेलाडी, प्रिमियर लिगका महान् मिडफिल्डर, महान् विदेशी खेलाडी, जुन यी सबै प्रार्थना टोरेको नाममा पनि भएको थियो त  ? गत साता उनी लेयटन ओरियन्टमा ट्रेनिङ गरिरहेका थिए । लकडाउनमा लन्डनमै रहेका उनी ३७ वर्षको यो उमेरमा पनि अर्को तहका लागि फिटनेस कायमै राख्न लिग टु (चौथो डिभिजन) को क्लबलाई सम्पर्क गरिरहेका थिए । त्यो साता सिल्भा आफ्नो कानमा प्रशंसा सुनिरहँदै इंग्लिस फुटबलबाट बाहिरिए, जसले सीमान्तकृत गरिएकोमा टोरेलाई अझै मार्मिक महसुस गरायो । त्यसको मतलब सिल्भाको विरासत सुरक्षित भयो, टोरे भने अझै कुराकानी गरिरहेका छन् । टोरे प्रतिभावान र जादुयी भएकोबारे कसैले वर्णन गरेका छैनन्, उनको बिदाइ नम्र र परिस्कृत रह्यो ।

सिटीमा उनको प्रभावबारे थोरै बुझाइ छ । ट्रेनिङ गर्ने मैदानमा भने नाम जीवन्त रूपमै रहेको छ । कहिलेकाहीं कसरी सम्झिने भन्ने पनि हुन्छ । सिटीका समर्थक टोरेलाई महान् खेल विजेताका रूपमा वर्णन गर्छन् । प्राविधिक कौशलको उत्कृष्ट रेखांकन र प्रतिस्पर्धात्मक स्वभावको रूपमा । जोलेन लेस्कटले उही तबरले सिल्भालाई सिटीको आधुनिक युगको ‘उत्कृष्ट फुटबलर’ मा बयान गरेका छन् र टोरेलाई ‘उत्कृष्ट खेलाडी ।’

सिटीको सर्वकालीन ११ खेलाडीबारे क्लबको खेल भएको दिनको कार्यक्रममा मिका रिचर्ड्सले टोरेले होल्डिङ मिडफिल्डरको रूपमा छनोट गरे । उनले भने, ‘टोरेले खेल सुरु गर्न सक्छन् र डी ब्रुयन (केभिन) लाई बल दिन सक्छन्, अनि यससँगै अगाडि बढ्न सक्छन् ।’ यसमा सम्भावना भएको एउटै प्रतिक्रिया भनेको यहाँ उस्तै खेलाडी छ त भन्ने नै हो । टोरेले सिटीका लागि बल राख्ने खेलाडीको रूपमा मात्रै सम्झौता गरेको पनि हुन सक्थ्यो । तर, उनीसँग यस्तो क्षमता थियो कि बहुमुखी प्रतिभाले भरिएका एक उत्कृष्ट खेलाडी भए । इंग्लिस गेमको पूर्ण फुटबलरको रूपमा देखा परे ।

सेन्ट्रल डिफेन्सदेखि नम्बर १० सम्म हरेक पोजिसनमा खेल्न योग्य थिए । गोल गर्न, गोलका लागि बल दिन, ड्रिब्लिङ गर्न, पास दिन र उस्तै सटीक ट्याकल गर्न योग्य थिए । उनले आफूले छनोट गरेको माध्यम जस्तै र मौखिक रूपमै पनि खेलमा वर्चस्व कायम गर्न योग्य थिए । उनी पछाडि बस्न सक्थे र लोभलाग्दो कला प्रदर्शन सक्थे । मध्यभागबाट ह्वात्तै अगाडि बढाउन अनि फ्रिकिकमार्फत अन्त्य गर्न पनि । खेल सुँघ्न सक्थे वा आफूले चाहेजस्तै बदल्न सक्थे । श्वास नै रोकिनेगरी दौड्न सक्थे वा पहिलो टचमै पनि वरिपरि मिलाउन सक्थे ।

त्योभन्दा बढी उनले सिटीलाई माया गर्थे आफ्नो हाडजस्तै । उनले अरू कसैले भन्दा बढी क्लबको तहगत र मानसिक रूपमा उचाइ चढे । हीनताबोधको जटिलतालाई छायामा राखे र टिमलाई शृंखलाबद्ध विजेतामा रूपान्तरण गरे । अहिलेसम्म पनि टोरेको प्रतिभा र जादूको कसैले बयान गरेका छैनन्, नम्रता वा मिलनसारको सम्मान गरेका छैनन् । यस्तो किन हुन्छ ? आंशिक रूपमा हामीले फुटबलरहरूलाई कसरी सम्झन्छौं भन्ने हो । उनीहरूको बारे हामी कथा भनिरहेका हुन्छौं । हामीले उनीहरूले थकित र कटौतीका रूपमा गरेका हजारौं कुरा गाढा ढंगले समष्टिगत तबरमा कसरी दिन्छौं भन्ने हो ।

सिल्भा छेपारो हुन्, व्यावसायिक मोडल हुन्, क्लबप्रति एक दशक निष्ठावान् । टोरे आकर्षक मन्त्र हुन्, जन्मदिनको केक हुन्, केही अविस्मरणीय क्षण र रुखो बिदाइ लिएका । स्पष्ट रूपमै व्यवहारमा त्यहाँ जातीय तत्त्व छ । उनले युक्रेनमा खेल्दा अनपेक्षित दुर्व्यवहारमात्रै भोगेका होइनन्, पछि उनले शारीरिक रूपमा अल्छी भएको र लोभी (बार्सिलोनाको मिडफिल्डर छँदा २०१० मा भएको तलबबारे) भएको आरोप पनि लाग्यो । जे जस्तो भए पनि टोरेले समय भोग्नुपर्‍यो । उनको करिअरलाई म्यानुयल पेलिग्रिनीले सम्हालेको २०१३/१४ ले परिभाषित गर्दछ । संयोगले त्यो सिटीको कम चर्चा पाएको चौथो उपाधि हो । उनी भाइ इब्राहिमको २०१४ मा मृत्यु भएपछि यस्तै खेलाडी रहन सकेनन् । उनी घुमिफिरी झरेर ओलम्पियाकोस, चीनको दोस्रो डिभिजन, बोटाफोगोमा झरे । निभिरहेको बत्तीभन्दा बढिरहेको अँध्यारो देखेजस्तै महसुस गरे ।

यो उच्च समयको पुनर्मूल्यांकन गर्ने बेला हो । त्यसका लागि सिटीका रोबर्टो मान्चिनीको नेतृत्वको रहेको पहिलो ठूलो टिम (सर्जियो अगुइरो अझै उत्कृष्ट खेलिरहेका छन्) को सम्बन्धलाई सिल्भाको बिदाइले चुँडाइरहेको छ । पछुतो र अवरोधको बाटोको अध्ययनलाई न्याय मान्न सकिन्छ । सामान्यतः चर्को मूल्यमा आबद्ध गरिएका स्टार खेलाडीको कारखानाको बृहत् रूपमै भाग्यमानी भएर अन्त्य नहुन सक्छ । तर विजेता यन्त्रलाई पछ्याउने सूक्ष्म यन्त्र हुन सक्छ । सिल्भाले अन्ततः जोडी पाएका थिए । त्यो समयको आशा मात्रै गर्न सकिन्छ कि टोरेसँग पनि थियो ।

प्रकाशित : श्रावण १६, २०७७ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?