१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

प्ले अफ फाइनलमा फुलहम र ब्रेन्टफोर्ड

एजेन्सी

लन्डन — फुलहमले अर्को साता हुने च्याम्पियनसिप प्ले अफ फाइनलमा ब्रेन्टफोर्ड सामना गर्ने भएको छ । बिहीबार दोस्रो लेगको खेलमा फुलहम कार्डिफसँग २–१ ले पराजित भए पनि समग्रमा ३–२ को अग्रता लिन सफल रह्यो ।

प्ले अफ फाइनलमा फुलहम र ब्रेन्टफोर्ड

ब्रेन्टफोर्डले यसअघि स्वान्सी सिटीलाई हराएको थियो । फाइनल मंगलबार वेम्बलीमा हुनेछ र यो दक्षिण पश्चिम लन्डन डर्बी हुनेछ । यसको विजेताले इंग्लिस प्रिमियर लिगमा बढुवा पाउने छ ।

इंग्ल्यान्डको दोस्रो डिभिजन च्याम्पियन्स लिगबाट यसअघि लिड्स र वेस्ट ब्रुम माथि उक्लिसकेका छन् । प्ले अफ फाइनल विजेता प्रिमियर लिगमा उक्लने तेस्रो टिम हुनेछ ।

प्रकाशित : श्रावण १६, २०७७ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?