कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आयरल्यान्डविरुद्ध इंग्ल्यान्ड ६ विकेटले विजयी

एजेन्सी

लन्डन — इंग्ल्यान्डले पहिलो वान डेमा बिहीबार आयरल्यान्डलाई ६ विकेटले हराएको छ । जितका लागि १ सय ७३ रनको लक्ष्य पाएको इंग्ल्यान्डले २२.१ ओभर बाँकी छँदै जित निकालेको हो ।

आयरल्यान्डविरुद्ध इंग्ल्यान्ड ६ विकेटले विजयी

टेस्ट खेलिरहेको टिम अलग्गै रहेको हुनाले इंग्ल्यान्ड अधिकांश पहिलो रोजाइका खेलाडीबिना उत्रेको थियो । एक समय ७८ रन बनाउँदासम्म चार विकेट गुमाएको इंग्ल्यान्डका लागि इओन मोर्गन र साम बिलिङ्सले पाँचौ विकेटका लागि ९६ रनको नटआउट साझेदारी गरे ।

यसअघि आयरल्यान्डलाई सस्तोमा समेट्न डेबिड विलीले प्रमुख भूमिका खेले र उनले पहिलो पाँच विकेटको अन्तर्राष्ट्रिय बलिङ प्रदर्शन गरे । विश्वकप सुपर लिगको यो पहिलो खेल जितेर इंग्ल्यान्डले १० अंक हात पारेको छ ।

यस्तै तीन खेलको सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता पनि लिएको छ ।

प्रकाशित : श्रावण १६, २०७७ ०६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?