१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

एके बर्नमाउथबाट म्यानचेस्टर सिटीमा

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको बर्नमाउथले आफ्ना डिफेन्डर नथान एकेलाई म्यानचेस्टर सिटीलाई बेच्न बिहीबार तयार भएको छ । त्यस अनुसार सिटीले डच खेलाडीका लागि ४ करोड १० लाख पाउन्ड तिर्नेछ । 

एके बर्नमाउथबाट म्यानचेस्टर सिटीमा
सन् २०१७ मा बर्नमाउथ आएका २५ वर्षीय एकेले उसका लागि १ सय २१ खेल खेले । सिटीका व्यवस्थापक पेप ग्वार्डिओला भने टिमको

रक्षापंक्ति सुधार गर्ने क्रममा छन् र यसकै लागि उनले एकेलाई भित्र्याएका हुन् ।


हालै सकिएको प्रिमियर लिगमा बर्नमाउथ १८ औं स्थानमा रहेर रेलिगेसनमा परेको थियो भने सिटीले दोस्रो स्थान हात पारेको थियो ।

यस सिजन लिगका सबै ३८ खेलखेलेका एकेले यसअघि चेल्सी, वाटफोर्ड र रिडिङका लागि खेलिसकेका छन् ।



प्रकाशित : श्रावण १५, २०७७ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?