२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

इंग्ल्यान्डले जित्यो टेस्ट सिरिज

एजेन्सी

म्यानचेस्टर — इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा निर्णायक टेस्ट मंगलबार २ सय ६९ रनले जितेको छ । यो सफलतासँगै इंग्ल्यान्डले तीन टेस्टको सिरिज २–१ ले जितेको छ ।

इंग्ल्यान्डले जित्यो टेस्ट सिरिज

पहिलो टेस्ट गुमाएर पनि इंग्ल्यान्डले सिरिजमा उत्कृष्ट पुर्नागमन गरेको हो । अन्तिम टेस्टमा जितका लागि ३ सय ९९ रनको लक्ष्य पाएकोमा त्यस अगाडि १ सय २९ रन बनाएर अलआउट भयो ।

वेस्ट इन्डिजले दुई विकेट गुमाएर १० रनबाट अगाडि खेल्न सुरु गरेको थियो र लामो समय टिक्न सकेन । इंग्ल्यान्डका फास्ट बलर स्टुवार्ट ब्रोड यसक्रममा पाँच सय विकेट लिन सफल रहे ।

इंग्ल्यान्डका लागि क्रिस वक्स वेस्ट इन्डिजको दोस्रो इनिङ्समा सर्वाधिक घातक सिद्ध भए र उनले ५० रन खर्चेर ५ विकेट लिए ।

प्रकाशित : श्रावण १३, २०७७ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?