२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

वेस्ट इन्डिज टस जितेर बलिङ गर्दै

स्टार बलर जोफ्रा आर्चर पनि टिममा
(एजेन्सी)

साउथह्याम्पटन — वेस्ट इन्डिजले इंग्ल्यान्डविरुद्धको तेस्रो तथा निर्णायक टेस्टको पहिलो दिन शुक्रबार टस जितेर बलिङ गरेको छ । दोस्रो टेस्टमा पराजित वेस्ट इन्डिजले त्यसमा पनि टस जितेको थियो । 

वेस्ट इन्डिज टस जितेर बलिङ गर्दै

ब्याटिङमा उत्रेको इंग्ल्यान्डले आफ्ना स्टार बलर जोफ्रा आर्चरलाई टिममा राखेको छ । कोरोना भाइरस संक्रमण महामारीको आचारसंहिता उल्लंघन गरेपछि उनलाई दोस्रो टिमबाट हटाइएको थियो ।

ताजा अवस्थामा इंग्ल्यान्डले ६ ओभरकाे समाप्तिमा एक विकेट गुमाएर ११ रन बनाएकाे छ । इंग्ल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान डाेम सिब्ले शून्यमै पेभिलियन फर्केका थिए ।

तीन टेस्टको सिरिज १–१ को रोमाञ्चक बराबरीमा रहेको छ ।


प्रकाशित : श्रावण ९, २०७७ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?