३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

लिभरपुलले सय अंक छुन नसक्ने

एजेन्सी

लन्डन — भर्जिल भान डाइकले गरेको अविश्वसनीय गल्तीमा लिभरपुल बुधबार आर्सनलको हातबाट २–१ ले पराजित भएको छ । आर्सनलले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर जित निकालेको हो ।

लिभरपुलले सय अंक छुन नसक्ने

यो नतिजापछि यसअघि नै लिग जितिसकेको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा कीर्तिमानी सय अंक छुने नसक्ने भएको छ । लिभरपुलले ३६ खेलबाट ९३ अंक बनाएको छ । बाँकी दुई खेल जिते लिभरपुलले ९९ अंक मात्रै बनाउनेछ । योर्गन क्लोपको लिभरपुलको यो लिगमा सिजनको तेस्रो हार मात्रै हो ।

दर्शकविहीन इमिरेट्समा लिभरपुलले साडियो मानेको गोलले अग्रता लिएको थियो । भान डाइकको गलत पासमा एलेकजान्डर लेकाजेटले बराबरी गोल गरे । लिभरपुल गोलरक्षक एलिसन बेकरको अर्को भूलमा रेस नेल्सनले विजयी गोल गरे ।

बुधबारको अर्को खेलमा टोटनहमले न्युकासल युनाइटेडलाई ३–१ ले हरायो र त्यसमा ह्यारी केनले दुई गोल गरे । यससँगै क्लब फुटबलमा उनको गोल संख्या दुई सय नाघेको छ ।

उनका २ सय १ गोलमध्ये टोटनहमका लागि १ सय ८५ रहेको छ । अर्को खेलमा म्यानचेस्टर सिटीले बर्नमाउथलाई २–१ ले पराजित गर्‍यो भने बर्नली र उल्भ्सले १–१ को बराबरी खेले ।

प्रकाशित : श्रावण १, २०७७ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?