१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

मण्डेकाजीलाई सम्मान

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कराते कातातर्फ दोहोरो स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठलाई मध्यपुर थिमि नगरपालिकाले सम्मानसहित दराज प्रदान गरेको छ ।

मण्डेकाजीलाई सम्मान

खेलकुदमार्फत नगरपालिकाको नाम देशभर चिनाएको र नगरपालिकाको पहिचान बनाएको भन्दै मध्यपुर थिमि–४ निवासी मण्डेकाजीलाई ट्रफी तथा पदक राख्न दराज प्रदान गरिएको मेयर मदनसुन्दर श्रेष्ठले जानकारी गराए । दराजको चाबी मेयर श्रेष्ठले मण्डेकाजीलाई हस्तान्तरण गरे । दराज र डेकोरेसेनसहित झन्डै ३ लाख रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । यसअघि नगरपालिकाले मण्डेकाजीलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेको थियो ।

प्रकाशित : असार ३१, २०७७ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?