कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्टर दोस्रो स्थानमा

एजेन्सी

मिलान — इन्टर मिलानले सोमबार इटालीको सिरी ए मा टुरिनोलाई ३–१ ले हराएर अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । इन्टर शीर्ष स्थानमा रहेको युभेन्ट्स भन्दा अझै आठ अंकले पछाडि छ र लिगमा ६ चरणका खेल बाँकी छन् ।


टुरिनो भने हारका बावजुत रेलिगेसन क्षेत्रबाट अझै पाँच अंक अगाडि छ । दोस्रो हाफमा एस्ली योङ र डिएगो गोडिनले गोल गरे र इन्टरलाई जित दिलाए ।

यसअघि आन्द्रे बेलोटीले टुरिनोलाई अग्रता दिलाएका थिए । खेलको अन्त्यतिर लउटारो मार्टिनेजले तेस्रो गोल गरे ।

प्रकाशित : असार ३०, २०७७ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्

बराबरीले म्यानचेस्टरलाई गाह्रो

एजेन्सी

म्यानचेस्टर — म्यानचेस्टर युनाइटेडको युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनामा सोमबार धक्का पुगेको छ । इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनले म्यानचेस्टरलाई उसकै घरमा २–२ को बराबरीमा रोक्यो ।

खेलको अन्त्यतिर माइकल ओबाफेमीले बराबरी गोल गरे । एन्थोनी मार्सिएलको गोलले म्यानचेस्टर २–१ ले अगाडि थियो र जिततर्फ अग्रसर देखिएको थियो । म्यानचेस्टर ५९ अंकसहित पाँचौं स्थानमा छ ।

लेस्टर पनि समान अंकमा चौथो स्थानमा छ । उसलाई गोल अन्तरको फाइदा छ । तेस्रो स्थानको चेल्सीको ६० अंक छ । लिभरपुल र म्यानचेस्टर सिटी यसअघि नै च्याम्पियन्स लिगका लागि छनोट भइसकेका छन् ।

सिटीमाथि अघिल्लो दिन मात्र युरोपमा खेल्नबाट रहेको प्रतिबन्ध हटेको हुनाले लिगको शीर्ष चारले मात्र च्याम्पियन्स लिग खेल्न पाउने छन् र पाँचौं स्थान त्यसका लागि पर्याप्त हुने छैन् ।

प्रकाशित : असार ३०, २०७७ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×