कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यानचेस्टर सिटीमाथि लागेको प्रतिबन्ध उल्टियो

एजेन्सी

लन्डन — म्यानचेस्टर सिटीले युरोपेली क्लब फुटबल खेल्नबाट लागेको दुई वर्षको प्रतिबन्ध सोमबार उल्टाएको छ । कोर्ट अफ आर्बिट्रेसन (कास) ले आफ्नो निर्णय सुनाउने क्रममा सिटीले आर्थिक आचारसंहिता उल्लंघन नगरेको जनाएको छ ।

युरोपेली फुटबल महासंघ (यूईएफए) ले सन् २०१२ देखि २०१६ बीच सिटीले आर्थिक नियम उल्लंघन गरेको आरोपमा फेब्रुअरीमा दुई वर्ष युरोपमा खेल्नबाट प्रतिबन्ध लगाएको थियो ।

यस्तै महासंघले क्लबमाथि तीन करोड युरो पनि जरिबाना गरेको थियो । कासले भनेको छ, ‘सिटीले युरोपेली फुटबल महासंघसँग समन्वय गर्न सफल रहे पनि कारबाही नै आवश्यक छैन ।’

सिटीले भने कासको निर्णयको स्वागत गर्दै आफूले आर्थिक नियम उल्लंघन नगरेको फेरि दोहोर्‍याएको छ ।

प्रकाशित : असार २९, २०७७ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकामा गुड्न थाले बस [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — काठमाडौं उपत्यकाका सडकमा फाट्टफुट्ट सार्वजनिक बस चल्न थालेका छन् । सोमबार मयुर यातायात, संयुक्त यातायात, मनमैंजु यातायात लगायतका केही बस चलेका हुन् ।

बस चलेपनि तिनमा सवार यात्रुको संख्या भने न्यून थियो । बसहरुमा सेनिटाइजरको पनि व्यवस्था गरिएको छ । यात्रुहरुले दूरी कायम गरी यात्रा गरेका छन् ।

सरकारले गत शुक्रबार सुरक्षा मापदण्ड अपनाउँदै ५० प्रतिशत यात्रु राखी सार्वजनिक सवारी साधन चलाउन मिल्ने बताएको थियो ।


प्रकाशित : असार २९, २०७७ १४:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×