कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सेभिया च्याम्पियन्स लिगबाट एक अंक टाढा

एजेन्सी

म्याड्रिड — सेभियाले आइतबार स्पेनी ला लिगामा रियल मार्लोकालाई १-० ले हराउँदै च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगमा छनोट हुनबाट ऊ एक अंक मात्र टाढा रहेको छ ।

सेभिया च्याम्पियन्स लिगबाट एक अंक टाढा

सेभियाको जितमा लुकास ओकम्पोस र युसुफ एन नेसरीले गोल गरे । सेभियाको यो लगातार चौथो जित पनि हो । अन्य खेलमा पुछारतर्फ रहेको लेगानेसले भ्यालेन्सियामाथि आश्‍चर्यजनक १-० को जित निकाल्यो ।

यस्तै एथलेटिको बिलबाओले लेभान्टेलाई २–१ र आइबरले इस्पनयोललाई २–० ले पराजित गर्‍यो ।

प्रकाशित : असार २९, २०७७ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?