कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेभिया च्याम्पियन्स लिगबाट एक अंक टाढा

एजेन्सी

म्याड्रिड — सेभियाले आइतबार स्पेनी ला लिगामा रियल मार्लोकालाई १-० ले हराउँदै च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगमा छनोट हुनबाट ऊ एक अंक मात्र टाढा रहेको छ ।

सेभियाको जितमा लुकास ओकम्पोस र युसुफ एन नेसरीले गोल गरे । सेभियाको यो लगातार चौथो जित पनि हो । अन्य खेलमा पुछारतर्फ रहेको लेगानेसले भ्यालेन्सियामाथि आश्‍चर्यजनक १-० को जित निकाल्यो ।

यस्तै एथलेटिको बिलबाओले लेभान्टेलाई २–१ र आइबरले इस्पनयोललाई २–० ले पराजित गर्‍यो ।

प्रकाशित : असार २९, २०७७ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्

म्यानचेस्टर सिटीमाथिको प्रतिबन्धबारे सोमबार निर्णय हुँदै

एजेन्सी

म्यानचेस्टर — म्यानचेस्टर सिटीको आबुधाबी महत्त्वकांक्षा र युरोपेली फुटबल महासंघको ‘फियर प्ले’ आचार संहिताबारे सोमबार सबैभन्दा ठूलो निर्णायक दिन साबित हुँदैछ, किनभने यही दिन सिटीमाथि लागेको दुई वर्षको युरोपेली फुटबल प्रतिबन्धविरुद्ध क्लबले हालेको उजुरीबारे कोर्ट अफ आर्बिट्रेसन (कास) ले निर्णय गर्दैछ ।

इंग्लिस फुटबल र सिटी क्लब स्वंयका लागि यो उत्तिकै निर्णायक दिन हुनेछ । सिटीले अहिलेसम्म पनि कुनै गलत काम नगरेको जिकिर गरिरहेको छ ।

उनीहरूमाथि लागेको आरोप भने सन् २०१२ देखि २०१६ को बीचमा प्रायोजकबाट आएको रकम कम देखाउनु हो । सिटीका मालिक सेख मन्सुरले जानाजान महासंघको फेयर प्लेको आचार संहिता उल्लंघन गरेको मानिन्छ । गत फेब्रुअरीमा मात्रै महासंघले सिटीमाथि युरोपमा खेल्नबाट दुई वर्षको प्रतिबन्धसँगै तीन करोड २० लाख डलर जरिवाना गरेको थियो । सेख मन्जुरले १२ वर्ष अगाडि क्लब किनेका थिए र त्यसयता क्लबको भाग्य फेरिएको छ ।

अधिकांश समय म्यानचेस्टर युनाइटेडको छाँयामा बिताएको सिटीले नयाँ लगानी आएयता आठ वर्षमा चार पल्ट इंग्लिस प्रिमियर लिग जितिसकेको छ । यस्तै उसले लिगसहित ११ प्रमुख उपाधि पनि जितिसकेको छ । यति सफल रहे पनि क्लबले सबैभन्दा ठूलो उपाधि भने जित्न सकेको छैन र त्यो युरोपेली च्याम्पियन्स लिग रहेको छ । प्रतिबन्धको नियम लागू भए, सिटीले यही प्रतियोगिता दुई वर्षका लागि खेल्न पाउने छैन ।

कासको निर्णय जे जस्तै भए पनि सिटीसामु यसपल्टको च्याम्पियन्स लिग जित्ने अवसर भने छ । अन्तिम १६ खेलमा उसलाई रियल म्याड्रिडमाथि पहिलो लेगमा २–१ को अग्रता प्राप्त छ र यो नै पेप ग्वार्डिओलाको नेतृत्वमा सिटीका लागि युरोपेली उपाधि जित्ने सबैभन्दा राम्रो अवसर हुन सक्छ । प्रतिबन्धमा परेमा सिटीलाई ठूलो आर्थिक नोक्सानी हुनेछ र त्यसको अन्त्यसम्ममा ग्वार्डिओलासँगको अनुबन्ध पनि समाप्त भइसकेको हुनेछ ।

प्रकाशित : असार २९, २०७७ ०७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×