वेस्ट इन्डिज ४ विकेटले विजयी

एजेन्सी

साउथह्याम्पटन — वेस्ट इन्डिजले इंग्ल्यान्डविरुद्धको पहिलो टेस्ट पाँचौं दिन आइतबार चार विकेटले जितेको छ ।   दुई सय रनको  विजयी लक्ष्य वेस्ट इन्डिजले ६ विकेट गुमाएर पूरा गरेको थियो ।

वेस्ट इन्डिज ४ विकेटले विजयी

उसका लागि जेरेमी ब्ल्याकउडले ९५ रन बनाए । इंग्ल्यान्ड बिहानको खेलमा आफ्नो दोस्रो इनिङ्समा ३ सय १३ रन बनाएर अलआउट भएको थियो ।

इंग्ल्यान्डले आठ विकेट गुमाएर २ सय ८४ बाट अगाडि खेल्न सुरु गरेको थियो । यससँगै वेस्ट इन्डिजले तीन टेस्टको सिरिजमा १(० को अग्रता लिएको छ ।

प्रकाशित : असार २९, २०७७ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?