२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

क्रिकेट प्रशिक्षक सिंहलाई सम्मान 

सन्तोष सिंह

जनकपुर — राष्ट्रिय क्रिकेट प्रशिक्षक नवीन सिंहलाई जनकपुरमा सम्मान गरिएको छ । प्रशिक्षक पदबाट अवकाश पाएपछि सिंहलाई जिल्ला क्रिकेट संघ धनुषाले सम्मान गरेको हो । 

क्रिकेट प्रशिक्षक सिंहलाई सम्मान 

क्रिकेट संघ धनुषाले शनिबार जनकपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा प्रदेश–२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले अवकाशप्राप्त प्रशिक्षक सिंहलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । जनकपुरमा क्रिकेटलाई जीवन्त बनाउन अहोरात्र सेवा गरेको र अवकाशपछि पनि क्रिकेटमा लाग्नका लागि हौसला बढाउन सम्मान गरिएको क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेले बताए ।

प्रशिक्षक सम्मान कार्यक्रममा मन्त्री यादवले समय अनुकुल खेलकुदको व्यवस्थापन नहुँदा राष्ट्रिय खेलकुदमा जनकपुरको प्रभाव घटेको बताए । क्रिकेट संघले आयोजना गरेको सम्मान कार्यक्रममा जनकपुरका दर्जनभन्दा बढी संघ संस्थाले प्रशिक्षकको कार्यको प्रशंसा गर्दै सम्मान गरेका थिए ।

सम्मानित सिंह कुवेतमा सम्पन्न भएको १९ वर्षमुनिको उमेर समूहको एसीसी महिला क्रिकेट प्रतियोगिता २०१२ च्याम्पियन टीम र २०१४ मा १९ वर्षमुनिको पुरुषको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका थिए । कक्षा ९ पढदा क्रिकेटमा होमिएका सिंह २५ वर्षसम्म खेलेर २५ वर्ष प्रशिक्षक भएर काम गरे ।

२०५२ देखि राष्ट्रिय खेलकुद परिषद(राखेप)मा प्रशिक्षकका रुपमा आवद्ध भएका सिंह असार २२ गते अवकाश पाएका हुन । उनले अवकाशपछि जनकपुरमा अन्तर्राष्ट्रियस्तरको खेलकुद एकेडेमी स्थापनाको तयारीमा जुटेको बताए ।

प्रकाशित : असार २८, २०७७ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?