म्यानचेस्टर सिटीको दोस्रो स्थान निश्चित

एजेन्सी

लन्डन — रहिम स्टर्लिङले सिजनको आफ्नो तेस्रो ह्याट्रिक गरेपछि म्यानचेस्टर सिटीले शनिबार ब्राइटनलाई ५–० ले हराउँदै इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थान निश्चित गरेको छ ।

म्यानचेस्टर सिटीको दोस्रो स्थान निश्चित

सबैखाले प्रतियोगितामा सिटीका लागि स्टर्लिङले गरेको गोल संख्या २७ पुगेको छ । ब्राइटनविरुद्ध ग्याब्रिएल जेसस र बर्नार्डो सिल्भाले पनि गोल गरे । शनिबारको अर्को खेलमा तेस्रो स्थानमा रहेको चेल्सी भने सेफिल्ड युनाइटेडसँग ३–० ले पराजित भयो ।

त्यसमा डेविड म्याकगोल्डरिकले दुई गोल गरे । यससँगै सेफिल्ड शीर्ष ६ स्थानमा उक्लिन पनि सफल रह्यो । यस्तै लिभरपुल र बर्नलीले १–१ को बराबरी खेले । याे नतिजापछि लिभरपुलले एनफिल्डमा शतप्रतिशत जितको क्रमसमेत भ‌ंग हुन पुगेको छ ।

प्रकाशित : असार २८, २०७७ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?