कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नरविच प्रिमियर लिगबाट रेलिगेसनमा

(एजेन्सी)

लन्डन — नरविच सिटी इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा पर्ने यो सिजनको पहिलो टिम भएको छ । वेस्ट ह्यामले शनिबारको खेलमा ४–० ले हराएपछि नरविच घटुवामा परेको हो ।

नरविच प्रिमियर लिगबाट रेलिगेसनमा

वेस्ट ह्यामका लागि दुवै गोल मिखिल एन्टोनियोले गरे ।

शनिबारको अर्को खेलमा वाटफोर्डले न्युकासल युनाइटेडलाई २–१ ले हरायो । वाटफोर्डका लागि दुवै गोल ट्रोय डिनीले पेनाल्टीबाट गरे । यो जितपछि वेस्ट ह्याम र वाटफोर्ड दुवैको रेलिगेसनबाट बच्ने संभावना बनेको छ । दुवैको समान ३४ अंक भएको छ र यो रेलिगेसन क्षेत्रबाट ६ अंकको अग्रता हो ।

लिगमा लगातार सातौं हार बेहोरेको नरविच ३५ खेलपछि २१ अंकमै सीमित रह्यो । लिगमा तीन चरणको खेल बाँकी रहेको बेला नरविच सुरक्षित स्थितिबाट १३ अंकले पछाडि रह्यो ।

प्रकाशित : असार २७, २०७७ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?