कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

क्यारेबियन प्रिमियर लिग अगस्ट १८ देखि

रासस

काठमाडौँ — नेपाली खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सीपीएल)लाई ट्रिनिडाड एण्ड टोबागोले अनुमति दिएको छ । यसअघि ट्रिनिडाड एण्ड टोबागोको सरकारले अनुमिति नदिँदा सीपीएल हुने नहुनेबारे अन्योल थियो । अब उक्त प्रतियोगिताका लागि अनुमति पाएपछि सीपीएल हुने पक्का भएको हो । 

क्यारेबियन प्रिमियर लिग अगस्ट १८ देखि

अगामी अगस्ट १८ देखि सेप्टेम्बर १० तारिखसम्म सञ्चालन हुने सीपीएल दर्शकबिना रंगशालामा खेलाइनेछ । सीपीएलको पहिलो र दोस्रो संस्करण विभिन्न खेल मैदानमा खेलाइँदै आएकामा यसपाली तेस्रो संस्करण भने ट्रिनिडाड एण्ड टोबागोको दुई मैदानमा खेलाउन त्यहाँको सरकारले अनुमति दिएको छ ।

सीपीएलमा भाग लिने खेलाडीको प्रतियोगिताअघि कोरोना संक्रमित भए नभएको परीक्षण गरिने आयोजकले जनाएको छ । खेलाडी र प्रशिक्षकमा कोरोना संक्रमण देखिएमा पूरै टोलीलाई १४ दिनको सेल्फ आइसोलेसनमा राखिने बताइएको छ । आयोजक सीपीएल र त्यहाँको सरकारबीच गए राति प्रतियोगिता सञ्चालनको मापदण्डबारे सहमति भएको छ ।

उक्त प्रतियोगिताका लागि १९ वर्षीय सन्दीप एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्धित भएका छन् । उनलाई जमैका तलावाजले अनुबन्ध गरेको हो । जमैका तलावाजले उनलाई दोस्रो चरणमा छनोट गरेको थियो । उक्त प्रतियोगिताका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीपले सीपीएलका लागि आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए ।

सन्दीप सीपीएलका लागि तेस्रो पटक अनुबन्धित भएका हुन् । यसअघि उनी सीपीएलको पहिलो संस्करण सन् २०१८ मा सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सका लागि पाँच हजार तथा दोस्रो संस्करण सन् २०१९ मा बार्बाडोस ट्राइडेन्सका लागि ७० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : असार २७, २०७७ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?