१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

रियल ला लिगा उपाधिबाट दुई जित टाढा

एजेन्सी

म्याड्रिड — रियल म्याड्रिडले शुक्रबार स्पेनी ला लिगामा एलाभेसलाई २–० ले हरायो र लिग उपाधिबाट दुई जित टाढा रह्यो । रियलले करिम बेन्जेमाले पेनाल्टीबाट गरेको गोलले अग्रता लिएको थियो ।

रियल ला लिगा उपाधिबाट दुई जित टाढा

त्यसपछि उनकै पासमा मार्को एसेन्सोले दोस्रो गोल गरे । यो जितपछि रियल दोस्रो स्थानमा रहेको बार्सिलोनामाथि चार अंकले अगाडि रह्यो । ३ खेल बाँकी रहँदा रियल अंकसहित शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको ७६ अंक छ । बार्सिलोनाले शनिबार रियल भालाडोलिडको सामना गर्दैछ ।

त्यसमा बार्सिलोना पराजित रहे रियलले सोमबार ग्रेनेडाविरुद्धको खेल जितेर लिग उपाधि आफ्नो बनाउन सक्नेछ । शुक्रबारको अर्को खेलमा ग्रेनेडा रियल सोसिडाडमाथि ३–२ ले विजयी रह्यो ।

प्रकाशित : असार २७, २०७७ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?