कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

च्याम्पियन्स लिगको ड्र निकालियो

एजेन्सी

लिस्वन — युरोपेली च्याम्पियन्स लिगको शुक्रबार क्वाटर फाइनल ड्र निकालिएको छ । कोरोना भाइरस संक्रमण महामारीका कारण रोकिएको युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताका अन्तिम आठका खेल पोर्चुगलमा हुनेछन् ।

च्याम्पियन्स लिगको ड्र निकालियो

ड्र अनुसार रियल म्याड्रिड/म्यानचेस्टर सिटीविरुद्ध लियोन/युभेन्ट्स, आरबी लेइपजिगविरुद्ध एटलेटिको म्याड्रिड,नेपोली/बार्सिलोनाविरुद्ध चेल्सी/बायर्न म्युनिक तथा एटलान्टाविरुद्ध पेरिस सेन्ट जर्मेन (पीएसजी) रहेका छन् ।

प्रतियोगिताका अन्तिम १६ का खेल अझै सकिएको भने छैन् । प्रतियोगिता अब एउटा सिंगो र सानो नकआउट प्रतिस्पर्धाका रूपमा अगस्टमा हुनेछ ।

प्रकाशित : असार २६, २०७७ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?