कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

इस्पान्योलको दुःखद पतन

पछिल्ला २७ वर्षमा इस्पान्योलले धेरैथोक देख्नुपरेको छ । टोलीका आफ्ना धेरै कथा छन्, जसमा उत्तिकै उतारचढाव छन् । इस्पान्योलले दुई उपाधि चुमेको छ ।
एजेन्सी

बार्सिलोना — सन् १९९४ को अप्रिल २३ । त्यो त्यही दिन थियो, जतिबेला जोसे कमाचो र इस्पान्योलका खेलाडीले धेरै खुसियाली मनाएका थिए । क्लब आखिरमा स्पेनको माथिल्लो डिभिजनको फुटबलमा पुगेको थियो । यो यात्रा २७ वर्ष कायम रह्यो ।

इस्पान्योलको दुःखद पतन

बुधबार मात्रै इस्पान्योल रेलिगेसनमा पर्ने पक्का भएको छ । लगभग तीन दशकको अन्तरपछि ‘लस पेरिक्विटोस’ गणितीय रूपमा दोस्रो डिभिजनमा झर्ने निश्चित भएको हो । छिमेकी बार्सिलोनासँग १–० को हारेपछि यो स्थिति तयार भएको हो । बार्सिलोनासँगै हार्नु र रेलिगेसनमा पनि पर्नुले स्थिति अझ नाजुक भएको छ । आफ्नै छिमेकी प्रतिद्वन्द्वीविरुद्ध यस्तो स्थिति बेहोर्दा दुःख अझ बढ्ने हुन्छ । एउटा तथ्य के निश्चित छ भने इस्पान्योल स्पेनी फुटबलको ऐतिहासिक क्लब हो, जोसँग आफ्नो गर्विलो इतिहास छ । उसले ८५ वर्ष स्पेनको माथिल्लो डिभिजनमा बिताएको छ । यो भ्यालेन्सियाबराबरकै हो । उसको माथि त खाली तीन क्लबमात्रै छन्, रियल म्याड्रिड, बार्सिलोना र एथलेटिको बिल्बाओ ।

पछिल्ला २७ वर्षमा इस्पान्योलले धेरैथोक देख्नुपरेको छ । टोलीका आफ्ना धेरै कथा छन्, जसमा उत्तिकै उतारचढाव छन् । इस्पान्योलले दुई उपाधि चुमेको छ, केही अवसरमा फाइनल खेलेको छ, घरेलु मैदान फेरेको छ अनि केही लगानीकर्ता आए, केही गए पनि । त्यसमध्ये सबैभन्दा भावुक मोड त डानी जार्कीसँग जोडिएको छ । इटालीमा नयाँ सिजन तयारी गर्ने क्रममा उनको निधन भएको थियो । उनी भर्खर २६ वर्षका थिए । यसले सबैको मन रुवाएको थियो ।

पछिल्लो २७ वर्षमा इस्पान्योलले तीन फरक रंगशालामा खेलेको छ, पहिलो सारी भयो । यसलाई सन् १९९७ मा भत्काइयो । सन् २००९ सम्म इस्पान्योल ओलम्पिक रंगशालामा खेल्यो । त्यसपछि भने फेरि आरसीडीई रंगशालामा सरेको थियो । यसबीच २५ प्रशिक्षक आए र गए पनि । त्यसमध्ये कमाचो माथिल्लो डिभिजन उक्लेको बेलाका प्रशिक्षक थिए । फ्रान्सिस्को रुफेटे भने झर्दा बेलाका प्रशिक्षक रहे । यी सबै सिजनबीच इस्पान्योलले अधिकांश अवसरमा भने सजिलै माथिल्लो डिभिजनमा बितायो ।

बार्सिलोनासँग पराजित भएपछि इस्पान्योलका खेलाडी निराश मुद्रामा । तस्बिर : एपी

सन् २००३/०४ सिजनम इस्पान्योल झन्डै रेलिगेसनमा पर्न लागेको थियो तर अन्तिम अवसरमा आएर जोगिएको थियो । यसबीच उसले दुई अवसरमा कोपा डे रे पनि जित्यो । यसका लागि सन् २००० मा एट्लेटिको म्याड्रिड र सन् २००६ मा रियल जारागोजालाई हराएको थियो । सन् २००७ मा इस्पान्योलले यूईएफए कपको फाइनल यात्रा पनि तय गरेको थियो, जसको उपाधि भिडन्तमा सेभियासँग पराजित रह्यो । यो सबै यात्रामा छुटाउन नहुने सबैभन्दा ठूलो नाम हो, राउल टामुडो ।

उनी २३ नम्बर जर्सी लगाउने इस्पान्योलकै सबैभन्दा प्रख्यात खेलाडी रहे । अन्य धेरै खेलाडीले पनि क्लबको उत्तिकै सेवा गरे । क्लब आफैं चार अध्यक्षबाट गुज्रियो । डानियल सान्चेज लिब्रेले अध्यक्ष पद रामोन कोन्डललाई हस्तान्तरण गरे । कोन्डलले जुवान कोलेटलाई । सन् २०१६ मा क्लब चेन यानसेङले किने । उनको सुरुमै दाबी थियो, इस्पान्योलले युरोपेली च्याम्पियन्स लिग खेल्नेछ । तर अहिले तत्कालका लागि उसको गन्तव्य बनेको छ दोस्रो डिभिजन ।–मार्का

प्रकाशित : असार २६, २०७७ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?