२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

भद्रकाली मैदानमा अब अन्तर्राष्ट्रिय फुटबलको पनि अभ्यास हुने 

काठमाडौँ — नेपाली सेनाको मुख्यालय भद्रकालीमा रहेको  मैदान अब अन्तर्राष्ट्रिय फुटबलको अभ्यासस्थलका रूपमा प्रयोग गर्न सकिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्यस मैदानमा खेलाडीका लागि दुई र रेफ्रीका लागि एक ड्रेसिङ रुम निर्माण गरिदिएको हो ।

भद्रकाली मैदानमा अब अन्तर्राष्ट्रिय फुटबलको पनि अभ्यास हुने 

यी ड्रेसिङ रुम अन्तर्राष्ट्रिय मापदण्डअनुसारका छन् । एन्फाले शुक्रबार आयोजित कार्यक्रममा सेनासँग उक्त मैदान प्रयोगबारे सम्झौता पनि गरेको छ । सम्झौतापत्रमा प्रधान सेनापति पूर्णचन्द्र थापा र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले हस्ताक्षर गरेका छन् । नेपाली राष्ट्रिय टिमले पनि अब त्यस मैदानमा प्रशिक्षण गर्न सक्नेछ ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को कार्यक्रमअन्तर्गत नेपालमा विश्वकप र एसिया कपका छनोट खेल हुन बाँकी छन् । त्यसका लागि विदेशी टिम आउँदा अब तिनले भद्रकाली मैदानमा अभ्यास गर्न सक्नेछन् । १५ लाख खर्चेर तीन ड्रेसिङ रुम बनाएको एन्फाले तिनको रेखदेख पनि आफैं गर्नेछ ।

प्रकाशित : असार २६, २०७७ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?