कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सेभियाको लगातार तेस्रो जित

एजेन्सी

म्याड्रिड — सेभियाले युरोपेली च्याम्पियन्स लिग छनोटको अझ नजिक पुग्नका लागि बिहीबार एथलेटिको बिलबाओलाई २–१ ले हरायो । सेभियाले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर स्पेनी ला लिगामा यो जित निकालेको हो । सेभियाले एथलेटिको बिलबाओको सान मेम्स स्टेडियममा १० वर्ष ९ महिना १२ दिनपछि जित हात पारेको हो ।

सेभियाको लगातार तेस्रो जित

यो जितपछि सेभियाले पाँचौं स्थानमा रहेको भिल्लारियलमाथि ६ अंकको अग्रता बनाएको छ। सेभियाको यो लगातार तेस्रो जित पनि रह्यो । आन्द्रे कापाको गोलले बिलबाओले अग्रता लिएको थियो ।

त्यसयता इभर बेनेगा र मुनिर अल हडाडीले सेभियाका लागि गोल गरे ।

अन्य खेलमा रियल मार्लोकाले लेभान्टेलाई २–० ले हरायो भने आइबर र लेगानसेले गोलरहित बराबरी खेले ।

प्रकाशित : असार २६, २०७७ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?