वेस्ट इन्डिजको राम्रो सुरुवात

एजेन्सी

साउथह्याम्पटन — वेस्ट इन्डिजले इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको दोस्रो दिन बिहीबार आफ्नो पहिलो इनिङ्स सुरु गर्दै बलियो जवाफ दिने प्रयास गरेको छ । दोस्रो दिनको खेल समाप्त हुँदा वेस्ट इन्डिजले एक विकेट गुमाएर ५७ रन बनाएको छ ।

वेस्ट इन्डिजको राम्रो सुरुवात

पाहुना टिम अझै १ सय ४७ रनले पछाडि छ । उसका लागि क्रेग ब्रेथह्वाइट २० र साइ होप ३ रन बनाएर खेलिरहेका छन् । आउट हुने एक मात्र ब्याट्सम्यान जोन क्याम्पबेलले २८ रन बनाए ।

यसअघि इंग्ल्यान्ड आफ्नो पहिलो इनिङ्समा २ सय ४ रन बनाएर अलआउट भएको छ । वेस्ट इन्डिज कप्तान जेसन होल्डरले घातक बलिङ गर्दै आफ्नो व्यक्तिगत उत्कृष्ट प्रदर्शनका क्रममा ४२ रन खर्चेर छ विकेट लिए ।

प्रकाशित : असार २६, २०७७ ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?