३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

इंग्ल्यान्ड २ सय ४ रनमा समेटियो

(एजेन्सी)

साउथह्याम्पटन — इंग्ल्यान्ड वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टको दोस्रो दिन बुधबार आफ्नो पहिलो इनिङ्समा २ सय ४ रन बनाएर अलआउट भएको छ । वेस्ट इन्डिज कप्तान जेसन होल्डरले घातक बलिङ गरेपछि इंग्ल्यान्ड सस्तोमा समेटिएको हो ।

होल्डरले आफ्नो व्यक्तिगत उत्कृष्ट प्रदर्शनका क्रममा ४२ रन खर्चेर ६ विकेट लिए । यस्तै उनका साथी फास्ट बलर सेनन ग्याब्रिएलले ६२ रनमा चार विकेट लिए ।

इंग्ल्यान्डका तर्फबाट कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाए । इंग्ल्यान्डले १ विकेट गुमाएर ३५ रनबाट अगाडि खेल्न सुरु गरेको थियो ।

प्रकाशित : असार २५, २०७७ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?