कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बार्सिलोनासँग हारेपछि इस्पान्योल रेलिगेसनमा

एजेन्सी

म्याड्रिड — स्पेनी ला लिगामा बार्सिलोनाले बुधबार आफ्नो छिमेकी इस्पान्योललाई १–० ले हरायो र उपाधि होडका रियल म्याड्रिडमाथि दबाब कायम राख्यो । खेलको निर्णायक गोल लुइस स्वारेजले गरे ।

बार्सिलोनासँग हारेपछि इस्पान्योल रेलिगेसनमा

यो खेलपछि अंक तालिकाको अन्तिम स्थानमा रहेको इस्पान्योल भने रेलिगेसनमा परेको छ । इस्पान्योल बार्सिलोना सहरकै दोस्रो ठूलो क्लब हो र यसपल्ट रेलिगेसनमा परेपछि अर्को सिजन ला लिगामा डर्बी खेल हुने छैन।

बार्सिलोनाको भने ७६ अंक भएको छ र यो एक खेल कम खेलेको रियलसँग एक अंकको दूरी हो । बुधबारकै अन्य खेलमा रियल बेटिसले ओसासुनालाई ३–० र भिल्लारियलले गेटाफेलाई ३–१ ले हरायो ।

प्रकाशित : असार २५, २०७७ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?