१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

लिभरपुल १०० अंकतर्फ अग्रसर

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिगमा लिभरपुलले बुधबार ब्राइटनलाई ३–१ ले हराएर कीर्तिमानी अंकतर्फ अग्रसर भएको छ । आफ्नो ३४ खेलको समाप्तिमा लिभरपुलको ९३ अंक भएको छ । अब उसले बाँकी चार खेलमध्ये तीनमा जित निकालेर कीर्तिमानी सय अंक छुन सक्नेछ ।

लिभरपुल १०० अंकतर्फ अग्रसर

लिग जितिसकेको लिभरपुलका लागि मोहम्मद सलाहले दुई गोल गरे । यस्तै अर्को खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडलाई ५–० ले पराजित गर्‍यो ।

यो सिजनको अन्त्यसँग सिटीबाट बिदाइ लिन लागेका डेभिड सिल्भाले पनि त्यसमा गोल गरे । बुधबारका अन्य खेलमा सेफिल्डले उल्भ्स र बर्नलीले वेस्टह्यामलाई समान १–० ले पराजित गरेको थियो ।

प्रकाशित : असार २५, २०७७ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?