२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

इंग्ल्यान्ड-वेस्ट इन्डिज टेस्ट : वर्षाले बिथोलियो पहिलो दिनको खेल

एजेन्सी

साउथह्याम्पटन — इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको बहुप्रतिक्षित पहिलो टेस्टको पहिलो दिन बुधबार वर्षाले प्रभावित भएको छ । कोरोना भाइरस संक्रमणको महामारीपछिको पहिलो टेस्टको पहिलो दिन १७.४ ओभर मात्र खेल भयो ।

इंग्ल्यान्ड-वेस्ट इन्डिज टेस्ट : वर्षाले बिथोलियो पहिलो दिनको खेल

टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्यान्डले एक विकेट गुमाएर ३५ रन बनाएको छ । खेल बन्द रंगशालामा भएको थियो र सुरक्षाका लागि सबै प्रकारको उपाय अपनाइएका थिए ।

आउट हुने एक मात्र ब्याट्सम्यान डम सिबली रहे । उनी शून्यमा सनन ग्याब्रिएलको बलमा आउट भए । अब बिहीबार दोस्रो दिनको खेल चाँडै सुरु गर्न प्रयास गरिने बताइएको छ ।

प्रकाशित : असार २५, २०७७ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?