कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मिलानसँग युभेन्टस पराजित

एजेन्सी

मिलान — एसी मिलानले दोस्रो हाफको  पाँच मिनेटमा तीन गोल गरेपछि युभेन्टलाई मंगलबार आश्चर्यजनक रुपमा  ४–२ ले हराएको छ । खेलमा इटालीको सिरी ए को शीर्ष स्थानमा रहेको युभेन्टसले सुरुमा दुई गोलको अग्रता लिएको थियो ।

मिलानसँग युभेन्टस पराजित

कोरोना भाइरस संक्रमणको महामारीले रोकिएको लिग गत महिना फेरि सुरु भएयता युभेन्टसले अंक गुमाएको यो पहिलो पल्ट हो । एडरिन राबिट र क्रिस्टियानो रोनाल्डोको गोलले युभेन्टसले सहज अग्रता बनाएको थियो ।

रोनाल्डोको यो २६ औं गोल थियो । ज्लाटन इब्राहिमोभिचले ६२ औं मिनेटमा पेनाल्टीबाट गोल गरेपछि मिलानको पुर्नउत्थान सुरु भएको हो । त्यसपछि फ्रायन्क केसीले बराबरी गोल गरे ।

त्यसपछि युभेन्टस खेलमा फर्कन सकेन र मिलानका लागि राफेल लियोओ एन्टे राबेचले विजयी गोल गरे । त्यस अगाडि लाजियो पनि लेचेको हातबाट २–१ ले पराजित रहेको थियो ।

प्रकाशित : असार २४, २०७७ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?