कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

एटलेटिको बराबरीमा रोकियो

एजेन्सी

म्याड्रिड — एटलेटिको म्याड्रिडले स्पेनी ला लिगा फेरि सुरु भएयता तेस्रो पल्ट अंक गुमाउने क्रममा मंगलबार सेल्टा भिगोसँग १–१ को बराबरी खेलेको छ । एटलेटिकोले एल्भारो मोराटाको गोलले अग्रता लिएको थियो ।

एटलेटिको बराबरीमा रोकियो

तर दोस्रो हाफमा फ्रान बेलट्रानले बराबरी गोल फर्काए । यो नतिजापछि तेस्रो स्थानको एटलेटिकोको ६३ अंक भएको छ र उसको च्याम्पियन्स लिगमा छनोटको अझ नजिक पुगेको छ ।

मंगलबारको अर्को खेलमा भ्यालेन्सियाले भालाडोलिडलाई २–१ ले हराएको छ । भ्यालेन्सिया ५० अंकमा लिग तालिकाको आठौं स्थानमा उक्लिन सफल रह्यो ।

प्रकाशित : असार २४, २०७७ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?