कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लेस्टरलाई उछिनेर चेल्सी तेस्रोमा

एजेन्सी

लन्डन — चेल्सीले मंगलबार प्रतिद्वन्द्वी क्रिस्टल प्यालेसलाई ३-२ ले हराउँदै इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । लेस्टर सिटीलाई उछिनेर अगाडि बढ्ने क्रममा चेल्सीको शीर्ष चारमा रहेर युरोपेली च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावना बलियो भएको छ ।

लेस्टरलाई उछिनेर चेल्सी तेस्रोमा

यो जितमा चेल्सीका लागि ओलिभर जिरोड, क्रिस्टियन पुलिसिच र टामी अब्राहमले गोल गरे । प्यालेसका तर्फबाट विलफ्रेड जाहा र क्रिस्टियन बेन्टेकेसले गोल गरे ।

जितसँगै चेल्सीको ६० अंक भएको छ भने चौथो स्थानमा झरेको लेस्टरको ५९ अंक छ ।

अर्को खेलमा लेस्टरले आर्सनलसँग १–१ को बराबरी खेल्यो । त्यसमा आर्सलनले पिएर एमरिक अबमेयाङको गोलले अग्रता लिएको थियो । खेल सकिनु ६ मिनेट अगाडि जेमी भार्डीले बराबरी गोल फर्काए । रेलिगेसन संघर्षको अर्को खेलमा वाटफोर्डले नर्विचलाई २–१ ले परजित गर्न सफल रह्यो ।

प्रकाशित : असार २४, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?