१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सेभिया ला लिगाको चौथो स्थानमा

एजेन्सी

म्याड्रिड — स्पेनी ला लिगामा सेभियाले सोमबार आइबरलाई १–० ले हरायो र चौथो स्थानमा आफ्नो पकड बलियो बनायो । चौथो स्थानको सेभियाको ६० अंक भएको छ र यो पाँचौंको भिल्लारियलमाथि ६ अंकको अग्रता हो ।

सेभिया ला लिगाको चौथो स्थानमा

सेभियाको जितमा लुकास ओकम्पोसले निर्णायक गोल गरे । शीर्ष चारको प्रत्यासी रहेको रियल सोसिडाड भने अर्को खेलमा लेभान्टेसँग १–१ को बराबरीमा रोकियो ।

यो नतिजाले सोसिडाडको शीर्ष चारको सम्भावना लगभग समाप्त भएको छ । कोरोना भाइरस संक्रमणको महामारीले खेल रोकिन अगाडि सोसिडाड अंक तालिकाको चौथो स्थानमा थियो ।

तर अहिले झरेर सातौं स्थानमा पुगेको छ र अब उसको अर्को सिजन युरोपमा खेल्न सम्भावना पनि कमजोर बनेको छ ।

प्रकाशित : असार २३, २०७७ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?