मोउरिन्होको २००औं प्रिमियर लिग जित

एजेन्सी

लन्डन — माइकल केनले गरेको आत्मघाती गोलको सहयोगमा टोटनहमले इंग्लिस प्रिमियर लिगमा सोमबार एभरटनलाई १–० ले हरायो र लिग तालिकाको आठौं स्थानमा उक्लिन सफल रह्यो ।

मोउरिन्होको २००औं प्रिमियर लिग जित

यो टोटनहममा व्यवस्थापक जोसे मोउरिन्होका लागि २००औं प्रिमियर लिग जित पनि रह्यो । यसैक्रममा टोटनहमले एभरटनमाथि आफ्नो प्रभुत्व पनि कायम राख्यो ।

उसले एभरटनविरुद्धका पछिल्ला १५ खेलमध्ये कुनैमा पनि हार बेहोर्नु परेको छैन। मिडफिल्डर जियोनी लो सेल्सको २३ औं मिनेटको प्रहार केनलाई छोएर गोलमा परिणत भएको थियो ।

प्रकाशित : असार २३, २०७७ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?