२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

‘ए’ डिभिजनका फुटबल क्लबलाई महानगरको १०–१० लाख 

काठमाडौँ — काठमाडौं महानगरपालिकाले नगरभित्रका ६ वटा ‘ए’ डिभिजन फुटबल क्लबलाई १० लाख रुपैयाँ अनुदान दिएको छ । सोमबार राष्ट्रिय सभागृहमा क्लबका अध्यक्षहरुलाई महानगरका मेयर विद्यासुन्दर शाक्यले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । अनुदान पाउनेमा मनाङ मर्स्याङदी, संकटा क्लब (यसबियससी), हिमालयन शेर्पा, सरस्वती युवा, मच्छिन्द्र युथ र काठमाडौं खेल मण्डल (एनआरटी) गरी ६ वटा फुटबल क्लब छन् ।

‘ए’ डिभिजनका फुटबल क्लबलाई महानगरको १०–१० लाख 

खेलकुद विकास तथा प्रवर्धनका लागि सहयोग रकम हस्तान्तरण गरेको मेयर शाक्यले बताए । जनप्रतिनिधि निर्वाचित भएर आएपछि भौतिक पूर्वाधार निर्माण, सम्पदा संरक्षण, हरियाली प्रवर्द्धनजस्ता कामसँगै खेलकुद विकासका लागि काम गर्दै आएको उनले जानकारी दिए । ‘महानगरको सहयोगले आन्तरिक प्रतिस्पर्धाबाट दक्ष खेलाडी छनौट गर्न सहयोग पुग्छ,’ उनले भने, ‘यसरी छानिएका खेलाडीले भोलि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट नेपालको गौरव उच्च बनाउनेछन् भन्ने महानगरको अपेक्षा छ ।’

‘बि’ र ‘सि’ डिभिजन क्बलाई यसपटक सहयोग दिन नसकेको भन्दै उनले आगामी वर्ष यस वर्षको पनि थप गरेर ‘बि’ डिभिजनलाई ६/६ लाख रुपैयाँ र ‘सि’ डिभिजनलाई ४/४ लाख रुपैयाँका दरले सहयोग रकम उपलब्ध गराउने बताए । महानगरले ‘बी’ लाई ३ लाख रुपैयाँ र ’सी’ क्लबलाई २ लाख रुपैयाँ अनुदान वितरण गर्दै आएको थियो ।

उपत्यकामा बढेको घना बस्तीका कारण फुटबल मैदानहरु लोप हुँदै गएको अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए । यस्ता मैदान बचाएर महानगरले खेल बचाउन सक्ने उनले सुनाए ।

महानगरले उपलब्ध गराएको रकम क्लबहरुले खेलकुद प्रयोजनका लागि मात्र प्रयोग गर्न पाउनेछन् । क्लबहरुले आयोजना तथा सञ्चालन गर्ने प्रतिस्पर्धामा प्रयोग हुने जर्सी, ट्र्याक, ट्राउजर, फुटबल ब्यागजस्ता सामानमा महानगरको लोगो अंकित गर्नु पर्नेछ । महानगरको नीति र प्रचलित कानुन विपरीत क्लबले काम गरे सम्झौता स्वतः खारेज हुनेछ ।

प्रकाशित : असार २२, २०७७ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?