खेल पत्रकार सम्मानित

काठमाडौँ — कान्तिपुर दैनिकका ध्रुवकुमार तुलाधरसहित युवा तथा खेलकुद मन्त्रालयले १० पत्रकारलाई सोमबार नगदसहित सम्मान गरेको छ । सम्मानित हुने चार खेल पत्रकारमा तुलाधरसँगै अन्नपूर्ण पोस्टका रोशनकुमार सिंह, नेपाल टेलिभिजनकी प्रियालक्ष्मी कार्की र पोखराका केशव पाठक रहेका छन् ।

खेल पत्रकार सम्मानित

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र सचिव रामप्रसाद थपलियाले उनीहरुलाई प्रशंसा पत्र र नगद ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गरे । त्यस कार्यक्रममा मन्त्री विश्वकर्माले एन्टी डोपिङ एप्स पनि सार्वजनिक गरिएको थियो ।

प्रकाशित : असार २२, २०७७ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?