१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ढकाललाई राखेप सदस्य–सचिवको जिम्मेवारी

काठमाडौँ — युवा तथा खेलकुद मन्त्रालयले आफूअन्तर्गतको खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिवको जिम्मेवारी दिएको छ । असार २१ गतेको मन्त्रीस्तरीय निर्णयानुसार ढकाललाई सदस्य–सचिवको जिम्मेवारी दिइएको हो ।

ढकाललाई राखेप सदस्य–सचिवको जिम्मेवारी

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (१२) बमोजिम अर्को व्यवस्था नभएसम्म तत्कालका लागि राखेपको सदस्य–सचिवले गर्ने कार्य गर्ने गरी जिम्मेवारी दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । सुर्खेत निवासी ५७ वर्षीय ढकाल करिब एक महिनाअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सरुवा भइ खेलकुद मन्त्रालयमा आएका थिए ।

प्रकाशित : असार २२, २०७७ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?