कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बार्सिलोनाको झिनो आशा बाँकी

एजेन्सी

म्याड्रिड — बार्सिलोनाले स्पेनी ला लिगाको उपाधि होडमा आफ्नो झिनो आशा कायम राख्ने क्रममा आइतबार लयमा रहेको भिल्लारियललाई ४–१ ले हरायो । बार्सिलोनाले पउ टोरेसको आत्मघाती गोलमा अग्रता लिएको थियो । लगत्तै जेरार्ड मोरेनाले बराबरी गोल फर्काए ।

बार्सिलोनाको झिनो आशा बाँकी

त्यसपछि लियोनल मेसीको पासमा लुइस स्वारेजले दोस्रो गोल गरे । मेसीकै पासमा एन्टोइन ग्रिजमनले तेस्रो गोल थपे । अन्सु फातीको नाममा चौथो गोल रह्यो । बार्सिलोनाले प्राप्त गरेको उत्कृष्ट जितमा अगाडि खेल्ने तीन खेलाडी मेसी, स्वारेज र ग्रिजमन सबैको राम्रो योगदान रह्यो ।

यो जितसँगै ला लिगामा मेसीले गोलमा सहयोगी भूमिका खेलेको १९ पुगेको छ र यो एसिस्टको रूपमा सबैभन्दा बढी योगदान हो । यो जितपछि बार्सिलोनाले शीर्ष स्थानमा रियल म्याड्रिडको अग्रता फेरि चार अंकमा छोट्याएको छ । ३४ खेलबाट ७७ अंकसहित रियल म्याड्रिड शीर्ष स्थानमा रहँदा समान खेलबाट बार्सिलोनाको ७३ अंक रहेको छ ।

प्रकाशित : असार २२, २०७७ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?