रियल म्याड्रिड ७ अंकले अगाडि

एजेन्सी

म्याड्रिड — रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार शीर्ष स्थानमा ७ अंकको अग्रता लिएको छ । सर्जियो रामोसले पेनाल्टीबाट ७३ औं मिनेटमा गरेको गोलको मद्दतले रियलले एथलेटिको बिलबाओलाई १–० हरायो ।

रियल म्याड्रिड ७ अंकले अगाडि

यो जितपछि जिनेदिन जिदानको रियल लिग उपाधिबाट अझ नजिक पुगेको छ । रियलको अब ३४ खेलबाट ७७ अंक भएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ७० अंक छ ।

बार्सिलोनाले एक खेल कम खेलेको छ । बार्सिलोनाले आइतबार राति नै भिल्लारियलको सामना गर्दै छ । रियलको जितले बार्सिलोनालाई त्यस खेलमा जित निकाल्ने दबाब हुनेछ ।

प्रकाशित : असार २१, २०७७ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?