बायर्नले जित्यो जर्मन कप

एजेन्सी

बर्लिन — रोबर्टो लेवनडोस्कीले यो सिजनको ५० औं व्यक्तिगत गोल पूरा गरेपछि बायर्न म्युनिखले शनिबार बायार लेवरकुसनलाई ४–२ ले हराएर जर्मन कप जितेका छ । बायर्नले यससँगै कप र लिग दुवै जितेको उपलब्धि पनि हासिल गरेको छ ।

बायर्नले जित्यो जर्मन कप

बायर्नले जर्मन कप जितेको यो २० औं पल्ट हो । बर्लिनको दर्शनविहीन ओलम्पिक्स रंगशालामा सुरुदेखि बायर्न बलियो देखिएको थियो र त्यो अन्त्यसम्म कायम रह्यो ।

बायर्नले डेविड अल्बाको गोलले अग्रता लिएयता सर्गी जेनब्राले दोस्रो गोल थपे । त्यसयता लेवनडोस्कीले दुई गोल गरे । लेवरकुसनका तर्फबाट स्भेन बेन्ड र केइ हाभरटेजले गोल गरे ।

यसअघि बायर्नले लगातार आठौं पल्ट जर्मन बुन्डेसलिगा जितिसकेको छ । जर्मनीमा फेरि फुटबल सुरु भएइता बायर्नले आफूले खेलेका सबै ११ खेल जितेको छ । बायर्नको अब युरोपेली च्याम्पियन्स लिगमा चुनौती बाँकी छ ।

प्रकाशित : असार २१, २०७७ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?