नरविचको घरमा ब्राइटन विजयी

(एएफपी)

नरविच — नरविचरेलिगेसनबाट बच्न संघर्षरत दुई टिमबीचको खेलमा ब्राइटनले शनिबार नरविचलाई उसकै घरमा १–० ले हराएको छ । ब्राइटनको जितमा निर्णायक गोल २५ औं मिनेटमा लिन्ड्रो ट्रोसार्डले गरे ।

यो जितपछि ब्राइटनको ३६ अंक भएको छ । अंक तालिकाको १५ औं स्थानमा उक्लेको ब्राइटनको ३६ अंक भएको छ । नरविच भने सबैभन्दा अन्तिम स्थानमा छ र उसको २१ अंक मात्र छ ।

लगातार खराब खेलिरहेको नरविचलाई यो हारपछि रेलिगेसन टार्न अझ गाह्रो हुनेछ ।

प्रकाशित : असार २०, २०७७ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?